गजल

रस चुसेर माहूरी, फुर्र उडेर हरायौ ! केवल याद अनुपम,यहाँ छोडेर हरायौ !! भाव जगाइ भर्खर,मायाँको बीज फुटाइ, आफ्नै हातले अँकुर,किन गोडेर हरायौ ! शहनाइ बज्दै थियो,महफिल सज्दै थियो, हतारमा यस्तो किन ? मुख मोडेर हरायौ ! चाहना अपुरै रहे,मेरा योजना अधुरै, निमेषमा यसै कसरि,नाता तोडेर हरायौ ! पात-पात आभास तिम्रो,फुल-फुल सुवास, रोम-रोममा मादकता,तिमि जोडेर हरायौ ! -----------0000000--------------