Posts

नेपाली काँग्रेसको विधानमा बिदेश स्थित शाखाहरूको बारेमा के व्यवस्था छ ?

१४. विदेश क्षेत्रका नेपाली जनसम्पर्क समितिको गठन र प्रतिनिधित्व ः (१) नेपाली कांग्रेसको उद्देश्य र आदर्शप्रति प्रतिवद्ध र समर्पित रहने विदेशस्थित नेपाली नागरिकहरूले पार्टीको केन्द्रीय कार्यसमितिको स्वीकृति लिई विदेशस्थित नेपाली जनसम्पर्क समिति गठन गर्न सक्नेछन् । (२) पार्टीले तोकेको शर्त पूरा गर्ने यस्ता संस्थालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले मान्यता प्रदान गर्न सक्नेछ । (३) नेपाली जनसम्पर्क समितिको विधान नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिबाट स्वीकृत हुनु पर्नेछ । नेपाली कांग्रेस केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा जनसम्पर्क समितिको नियमित अधिवेशन हुनुपर्नेछ । सो अधिवेशनद्वारा पार्टीको महाधिवेशन, महासमितिका लागि पार्टी केन्द्रीय कार्यसमितिले तोकेको संख्यामा अध्यक्षसहित महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको चयन गर्ने व्यवस्था जनसम्पर्क समितिको विधानमा हुनुपर्नेछ ।

२ जुन २०१३ का लागि कायम रहेका महाधिवेशन प्रतिनिधिहरू

नेपाली जनसम्पर्क समिति बेल्जियम निर्वाचन समितिको कार्यालय तृतिय महाधिवेशन-२३ अक्टोबर २०११ मतदाता नामावली-२०११ नेपाली जनसम्पर्क समिति बेल्जियमको आगामी २३ अक्टोबर २०११ का दिन लुभनेमा आयोजना हुने तृतिय महाधिवेशन अन्तरगत सम्पन्न हुने कार्यकारिणी समितिको निर्वाचनको प्रयोजनको लागि नेपाली जनसम्पर्क समिति बेल्जियमबाट प्राप्त मतदाता नामावली क्षेत्रगत रूपमा देहाय बमोजिम रहेको ब्यहोरा जानकारी गराउँदछु- एन्त्रोपेन क्षेत्र 1.        कृष्ण नेपाल 2.        रविन्द्र घले 3.        रिमा घले 4.        गोपी मायाँ लामा

नेपाली काँग्रेस बेल्जयमका साधारण सदस्यहरू

  नेपाली जनसम्पर्क समिति बेल्जियम तेश्रो महाधिवेशन २०११ सदस्यता सूची लुभेन 1.         १ - रमेश सापकोटा - 301 2.         २ - कोपीला सापकोटा -302 3.         ३ - जगदीश सापकोटा -303 4.         ४ - चक्र सापकोटा -304 5.         ५ - दीपक सापकोटा- 305 6.         ६ - अनन्त शर्मा -306 7.         ७ - मोहन पौडेल -307

लोकतन्त्रको अल्पविराम

-इन्द्र क्षेत्री  । बितेको डेढ दशकमा बडे-बडे विष्मयकारी घटनाहरू घटाएको र तीनलाइ प्रत्यक्ष रूपमा देखे-भोगेको वर्तमान पुस्ताले प्रधान न्यायधिशको सत्तारोहणलाइ आश्चर्यजनक रूपमा ग्रहण गर्नु अर्को विष्मयकारी घटना हुन गएको छ । प्रजातन्त्रको विरूद्धमा लालकिताब , आँ सी र घन च्यापेर निष्पट दण्डकारण्यमा छिरेको कुनै पार्टी लडाकु , गन र धन बोकेर एकाएक् सिँहदरवार छिर्ला भनेर धेरै कम मानिसले सोचेका थिए । सशस्त्र राज्य बिप्लवमा जुटेको एउटा सास्त्रीय साम्यवादी दल सम्झौता मार्फत शान्ति प्रकृयामा सामेल हुनु आफैँमा एउटा विस्मयकारी घटना थियो ।  

मेलमिलाप दिवस यसपल्ट । २०१३ जनवरी १ ।

Image
बेल्जियममा ३६ औँ राष्टिय मेलमिलाप दिवस भब्यतापूर्वक सम्पन्न । - विष्णु सापकोटा । जनवरी ०१,लुभेन । बेल्जियममा ३६ औँ राष्ट्रिय मेलमिलाप दिवस तथा अँग्रेजी नयाँ वर्ष २०१३ को उपलक्षमा विशेष चियापान तथा अन्तरकृयात्मक शुभकामना आदान-प्रदान कार्यक्रम भब्यतापूर्वक सम्पन्न भएको छ । नेपाली काँग्रेसका नेता विश्वेश्वर प्रसाद कोइराला मुलुकको राष्ट्रियता खतरामा परेको औँल्याउँदै २०३३ साल पुष १६ गते ८ वर्षको भारत प्रवाश त्यागेर स्वदेश प्रवेश गरेको दिनलाइ नेपाली काँग्रेसले विभिन्न कार्यक्रमहरूको आयोजना गरि मेलमिलाप दिवसका रूपमा मनाउने परम्परा बसालेको छ । काँग्रेसको त्यो परम्परालाइ बेल्जियममा नेपाली काँग्रेसका महासमिति सदस्य इन्द्र क्षेत्रीले बिगत तीन वर्ष देखि निरन्तरता दिँदै आउनुभएको छ ।

प्रतिगामी गणतन्त्र

Image
-इन्द्र क्षेत्री ००७ को जनक्रान्ति मार्फत प्राप्त प्रजातन्त्र प्रतिगमनमा परिणत हुन जम्मा १० वर्ष लागेको थियो । ०४६ को वाम-काँग संयुक्त जन-आन्दोलनले ल्याएको परिवर्तन १३ वर्ष चल्यो । २०६३ को जन-आन्दोलन बाट प्राप्त नेपालको गणतन्त्र ५ वर्षमै प्रतिगामी सावित हुन पुगेको छ । ०६२/०६३ मा सम्पन दोश्रो जन-आन्दोलन प्रतिगमनकारीहरूसँगको लसपसमा सम्पन्न भएको हुनाले परिवर्तन पनि प्रतिगमनबाट सँक्रमित भएर आयो ।

बेल्जियममा अक्टोबर १४ का दिन हुन गैरहेको स्थानीय निर्वाचनमा लुभेन नगरपालिकाबाट मतदान गर्ने नेपाली मतदाताहरूको नामावलीः

बेल्जियममा आगामी १४ अक्टोबर २०१२ का दिन स्थानीय निर्वाचन हुँदैछ । यस निर्वाचनमा स्थानीय नगरपालिकाहरूमा तीन जना नेपाली मूलका उम्मेदवारले पनि प्रतिस्पर्धा गरिरहेका छन् । लुभेन नगरपालिकाबाट खड्क बहादुर केसी तथा एन्त्रोपेन नगरपालिकाबाट लिला शर्मा मानन्धर र कृष्ण रेग्मीले भिन्न-भिन्न पार्टीबाट चुनावी प्रतिस्पर्धा गर्दै छन् । लिला शर्मा स्थानीय निर्वाचनका साथै प्रोभिन्सीयल काउन्सीलमा समेत आफ्नो पार्टीबाट उम्मेदवार बनेकी छन् ।   खड्का ग्रीन पार्टीबाट,मानन्धर क्रिस्चियन डेमोक्रयाटबाट र रेग्मी नेशनल भ्लाम्स एलायन्सबाट उम्मेदवार बनेका छन् । यसै सन्दर्भमा बेल्जियममा नेपाली मतदाताहरूको सँख्या यस चुनावमा ह्वात्तै बढेको छ । निर्वाचन आयोगले हालै प्रकाशित गरेको नामावली अनुसार लुभेन क्षेत्रमा मात्र ३३२ जना नेपाली मूलका मतदाता रहेका छन् ।   हामीलाइ प्राप्त मतदाता सूची अनुसार निम्न बमोजिम नेपाली मूलका मतदाताहरू यस चुनावको लागि दर्ता भएका छन् ।

सभ्यताको उल्टो पिरामीड

सभ्यताको उल्टो पीरामीड — ईन्द्र क्षेत्री प्रकृतिले मानव जातीलाई सबैभन्दा निर्धो प्राणीको रुपमा रचना गरेको छ । मानव बाहेक अन्य जीवजन्तुहरु मार हान्न , प्रतिरक्षा गर्न र भक्षण गर्न शारीरिक रुपले नै सक्षम छन । हरेक जीवजन्तुको शरीरमा जीवन यापन गर्ने अँग , तागत र कला प्रकृतिले प्रदान गरेको छ । शिक्षा वा प्रशिक्षणको दरकार तिनलाई छैन । प्रकृतिकै काखमा जन्मने , जीवन यापन गर्ने , वंश वृद्धि गर्ने र समाधिस्थ हुने सम्पूर्ण व्यवस्था प्रकृतिले नै मिलाइदिएको छ । सबै कुरा यथोचित छ , सम्पूर्ण छ र ती सबै प्रकृतिमा रमाएका छन् । परिवर्तनको खाँचो तिनलाई परेको छैन ।

अग्राधिकार र आत्मनिर्णय बाहेक

− इन्द्र क्षेत्री । १५ जुलाइ २०१२ ।  “ हाम्रो राष्ट्र अल्पसंख्यक जनताहरुको समूह हो । कुनै पनि जाति अरु जातिहरुको दा ँ जोमा अल्पसंख्यक छ । त्यसो हुनाले जातीय आधारमा यहा ँ   राजनीति सफल हुन सक्तैन ।... ”  – विश्वेश्वर प्रसाद कोइराला । स ँ घियतामा जाने कुरा निश्चित भए पछि नेपालमा पहिचानको मुद्दा प्रखर बनेर आएको छ । पहिचानको कुरा ब्यक्तिको स्वत्व र स्वाभिमानसँग अन्योन्याश्रीत ढँगले जोडिएको हुन्छ । लोकतन्त्रमा ब्यक्ति समाजको सर्वोच्च निकाय हुन्छ । उसको स्वतन्त्रता , सहभागिता , निष्ठा, सुरक्षा र समृद्धिको ग्यारेण्टी गर्नु राज्यको कर्तब्य हो । धर्म , जात , भाषा , सँस्कृति आदि पहिचानका मानकहरु हुन् । ब्यक्तिको बिचार , व्यवहार , ब्यक्तित्व र बिकल्प वस्तुतः यीनै तत्वहरुबाट निःसृत हुन्छ । यिनैको जगमा समुदायको निर्माण हुन्छ र समुदायहरुको मजबूद जगमा समग्र राष्ट्रको अस्तित्व अडेको हुन्छ । सबै धर्म , भा षा , जाति , सँस्कृति र बिचारहरुको समष्टी नै राष्ट्र हो । धार्मिक , भा षि क , जातीय एवम् सा ँ स्कृतिक पहिचान र अधिकारको प्रत्याभूतिले मात्र राष्ट्रियता द्धिगो हुन्छ र नाग...
बेल्जियममा नेपाल गृह निर्माणका नयाँ चुनौतिहरू -इन्द्र क्षेत्री पकवान ११ मे २०१२ । गैरआवासीय नेपाली सँघको विश्वब्यापी महत्वाकाँक्षी परियोजनाको रूपमा रहेको नेपाल गृह निर्माणको गृहकार्य बेल्जियममा पनि औपचारिक रूपमा प्रारम्भ भएको छ । यसको पूर्वाधार गत वर्ष यहाँ सञ्चालित भागवत ज्ञान महायज्ञले तैयार गरेको हो । उक्त महायज्ञमा साढे सात लाख युरो वकदान उठेको थियो । नेपाल गृह निर्माणको भ्रूण पूँजी ( Seads Money ) र अन्तिम बजेट दुबै यही सँकल्पदान हो । एनआरएन लगायत अधिकाँश सँघ-सँस्था र समाजसेवीहरूको वकदान यही साढेसात लाख भित्र समेटिएको सन्दर्भमा यसमा बढोत्तरि हुन सक्ने सँभावना अत्यन्तै न्यून रहेको छ । यसर्थ यो सकल परियोजना यसैमा निर्भर हुनुपर्ने अवस्था एकातिर छ भने अर्को तिर महायज्ञ पश्चात ८ महिनामा सम्पादित गतिविधी र अनुभवहरूले नयाँ खालका चुनौतिहरू थपिएको टड्कारै देख्न सकिन्छ । सँरचनागत चुनौतिहरूका बारे यथेष्ट चर्चा-परिचर्चा भैसकेको सन्दर्भमा यस आलेखमा हामी आफैँले निम्त्याएका केहि नयाँ खाले चुनौतिहरूका बारेमा बुँदागत रूपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

विश्‍वेश्‍वरप्रसाद कोइरालाको आत्मवृत्तान्त

Image
विश्‍वेश्‍वरप्रसाद कोइरालाको आत्मवृत्तान्त (अडियो पुस्तक)   वाचनः खगेन्द्र नेपाली,सँकलनः गणेशराज शर्मा । साभारः चिसापानी नेपाल ब्लग । http://www.chisapaninepal.blogspot.com/
Image
बेल्जियममा ३५ औँ मेलमिलाप दिवस तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न -विष्णु सापकोटा लुभेन बेल्जियम । नेपाली काँग्रेसका नेता स्वर्गिय बीपी कोइराला मेलमिलापको नीति लिएर २०३३ साल पुष १६ गते भारत प्रवाशबाट स्वदेश फर्किएको दिनलाइ नेपाली काँग्रेसले स्वदेश तथा बिदेशमा राष्ट्रिय मेलमिलाप दिवशको रूपमा मनाउँदै आएको छ । बिपी कोइरालाको यसै नीतिका कारण नेपालमा लोकतन्त्रको पक्षमा वातावरण सिर्जना भै २०३६ सालको जनमत सँग्रह,२०४६ को प्रथम जनआन्दोलन र २०६३ को द्वित्तिय जन-आन्दोलन सफल भएको र नेपाल सँघात्मक गणतन्त्रमा पदार्पण गरेको छ । यसै उत्सवलाइ बेल्जियममा पनि विगत वर्षमा जस्तै जनवरी १ तारिखका दिन भब्यतासाथ मनाइएको छ ।   राष्ट्रिय मेलमिलाप दिवस तथा नयाँ वर्ष २०१२ को उपलक्षमा नेपाली काँग्रेस महासमिति सदस्य इन्द्र क्षेत्री पकवानले लुभेन शहर स्थित रेष्टुराँ एभरेष्ट बेसक्याम्पमा एक विशेष चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्नु भयो ।

गौतमले तत्काल राजिनामा दिनुपर्छ: ईन्द्र क्षेत्री "पकवान" :

Image
२० पौष: नेपाली जनसम्पर्क समिति बेल्जियमका निवर्तमान अध्यक्ष तथा बेल्जियमबाट नेपाली काँग्रेसका महासमिति सदस्य ईन्द्र पकवान क्षेत्रीले जनसंपर्क समिती बेल्जियमको ८ जनवरीमा हुने भनिएको अधिवेशन दोस्रो पटक  स्थगित हुनु निकै लज्जास्पद कुरा भएको जनाउदै अध्यक्ष गंगाधर गौतमले तत्काल राजिनामा दिनु पर्ने बताउनु भएको छ ।

मेलमिलप दिवस उहिले र अहिले

Image
मेलमिलाप दिवस यस वर्ष २०१२ जनवरी १ । मेलमिलाप दिवस पोहोर साल इ.सम्वत २०११ जनवरी १ ।

अडियो अन्तरवार्ता

Image
यथास्थितिमा जनवरी ८ को अधिवेशनमा सहभागी हुन सकिँदैन । नेपाली जनसम्पर्क समिति बेलजियममा कायम रहेको गतिरोधका सम्वन्धमा नमस्ते युरोपका महेश थापालाइ दिएको अडियो अन्तरवार्ता डिसेम्बर २०११ ।

चन्द्रे

Image
मेरो काहिँलो भाइ हो चन्द्रे । मैले जुन स्कूलमा पढेँ र पढाएँ त्यहि स्कूलमा अहिले उ शिक्षक छ । उ म भन्दा यस्तै ५ वर्ष कान्छो छ । उ सँग मेरो बाल्यकालका धेरै अविस्मरणीय सम्झनाहरू छन् । उ अहिले बुज्रुक छ,शिक्षक छ,मलाइ धेरै कटाक्ष पनि गरिरहन्छ,मुग्लान पसेर हरायो भन्छ । मलाइ याद हुन्छ जव उ सानो थियो,म अल्लि ठूलो थिएँ,उ मेरो पछि-पछि लुत्रुक-लुत्रुक हिँडिरहन्थ्यो-जहाँ जाँदा पनि । म आफ्नै धूनमा हुन्थेँ,उ आफ्नै धूनमा । त्यतिबेला कुन्नि के हुन्थ्यो उ मेरो पछि लागेको मलाइ बिल्कूलै मन पर्दैन्थ्यो । हप्कायो,ट्वाल्ल परेर हेर्थ्यो,अनि फेरि पछि छोड्दैन्थ्यो । मैले यसो फर्केर अतित तिर हेर्छु,वास्तवमा म पनि उसलाइ धेरै नै मायाँ गर्थेँ र गर्छु पनि । अहिले पनि उसले भनेका कुरा र गरेका तर्कहरू म निःसँकोच स्विकार्दछु । घर-व्यवहार देखि लिएर दुनियाँ सँसार बारे उसले देखाएको व्यवहार मलाइ मन पर्छ ।

गाउँको ठेक्दार-किस्ने हल्दार

Image
हाम्रो गाउँमा एकजना समाजसेवी दाइ थिए-नाम थियो कृष्ण बहादुर लाम्छाने । उनले इण्डियाको फौजमा हवल्दारको पेन्सन पकाएको हुँदा उनलाइ गाउँघरमा किष्ने हल्दार भनेर चिनिन्थ्यो । उनले आफ्नो परिचय दिँदा पनि "यो किस्ने हल्दार परो" भनेर शानसँग चिनाउँथे । गाउँघरमा जन्म,मरण,कार्जे,बिहे,ब्रतवन्ध,पूजा इत्यादि जुनसुकै अनुष्ठानका हर्ता-कर्ता उनै हुन्थे । आपद-बिपदमा उनकै नाम उच्चारण हुन्थ्यो । बिकाश र सुधारका काममा पनि उनि अग्रपँक्तिमै हुन्थे । १० कक्षासम्म पढेका र देश दुनियाँ देखेका हुनाले उनको बिचार अलिकति प्रगतिशील हुन्थ्यो । लाहूरे भएर पनि उनि जुवातास र जाँड-रक्सीको सख्त बिरोधी थिए । समयको महत्व राम्रोसँग बुझेकाले उनको दिनचर्या र कृयाकलाप पल्टनकै तौर-तरिकामा हुन्थे । सबै कुराबाट उनि समाजका हितैषी थिए । त्यसैले उनलाइ लिएर एउटा कहावत नै चलेको थियो-“गाउँको ठेक्दार किष्ने हल्दार” ।

बादशाको नयाँ लुगा

Image
 -इन्द्र क्षेत्री । एकादेशमा एकजना बादशाह थिए-लुगाका ज्यादै शोखिन । उनले राज्यकोषको सबैजसो पैसा पोशाकमा खर्चिन्थे । उनको ध्यान पोशाकमा बाहेक अन्य केहिमा थिएन । "अन्य शासकहरू सभामा हुन्छन यी बादशाह चाहिँ ड्रेसिँग रूममा हुन्छन्" भन्ने कहावत नै चलेको थियो । उनि बस्ने सम्वृद्ध शहरमा सहस्र अपरिचित मानिसहरूको आवत-जावत भैरहन्थ्यो । तीनै मध्य एक दिन दुइजना ठगहरू पनि त्यहाँ आइपुगे । उनिहरूले आफुलाइ बुनकर भनेर परिचय दिए । सँसारमा सबैभन्दा सुन्दर,अलौकिक र असाधारण कपडा आफुहरूले मात्र बुन्न सक्ने भनेर उनिहरूले दावा गरे । लुगाको रँग र ढाँचा मात्र असाधारण होइन कि ति कपडामा अयोग्य र मूर्खहरू देखि अदृष्य हुने विलक्षण क्षमता पनि हुन्छ भनेर उनिहरूले बढाइ-चढाइ गरे ।

खनाल-दाहाल सात बुँदे सहमति

१.    राष्ट्रिय स्वाधीनता, अखण्डता र मुलुकको सार्वभौमिकताको रक्षार्थ दृढतापूर्वक उभिँदै सामन्ती व्यवस्थाका सबै रूपको अन्त्य गर्दै देशमा सामाजिक-आर्थिक रूपान्तरण गरी स्वाधीन अर्थतन्त्रको निर्माण गर्दै जनताको समावेशी लोकतन्त्रलाई सुदृढ गर्ने र समाजवादउन्मुख राजनीतिक, सामाजिक व्यवस्था निर्माण गर्न अगाडि बढ्न हामी दुवै सहमत छौं ।

बिपि कोइरालाका प्रसिद्ध उक्तिहरू

Image
जीवन १ — जीवन नै एक सुनिश्चित जोखिम हो। २ — जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिवध्दतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ। ३ — मेरो राजनैतिक जीवन खुलेको पाना हो। मलाई आफ्नो सम्बन्धमा सफाई दिइरहने एकदम आवश्यकता छैन।

सभ्यता,शान्ति र हिँसा

Image
— ईन्द्र क्षेत्री समाज विकाशको क्रममा भौगोलिक अवस्थिति , जीजिविषाको अनुकुलता , श्रोतहरुको उपलव्धता तथा मानव नश्ल र सोचको विविधता सँगै मानिसका फरक जीवनशैली , विस्वास , परम्परा , मान्यता र सँस्कृतिहरु विकसित भए । मानव जातीको व्यवस्थित बसोवाससँगै मानव समाज विभिन्न गण , कबिला , सम्प्रदाय , जाती , धर्म हुँदै वर्ग , सिध्दान्त , समूह , राज्य र बादहरुमा बिभाजित भयो । उसमा रहेको क्षमता , बिचार , आस्था , विस्वास , चाहना र हैसियत आदिको विविधताका कारण समाजमा क्रमशः बहूआयामिक द्धन्द्धहरुको जन्म भयो । यीनै द्धन्द्धहरुको कारणबाट मानव जातीले भयानक अशान्ती र युद्ध – विभिषिकाहरुको प्रकोप भोग्न बाध्य भैरहेको छ । , राज्य – प्रणाली , समाज – व्यवस्था , विधि – विधान र विनियमहरुको बन्दोबस्त समाजमा रहेका यिनै द्धन्द्धहरुको कुशल व्यवस्थापन गरेर युध्दको त्रासदीबाट जोगिन र शान्ती प्राप्त गर्नको लागि गरिएका उपक्रमहरु हुन् । धर्म , सिध्दान्त र बादहरुको उत्पत्ति युध्द र अशान्तीबाट समाजलाई जोगाउने उद्देस्यका साथ भएको हो । सबै धर्म , दर्शन , सिध्दान्त , शास्त्र र बादहरुको अन्तिम निचोड शान्ती हो । शान्तीको लागि धर्मक...

पुनःमुसिको भवः

Image
-इन्द्र क्षेत्री मैले जनता मावि सर्कुवामा पढाउने ताका भवानी सर हुनुहुन्थ्यो शास्त्रमा पोख्त । उहाँ सँस्कृत साहित्यका प्रकाण्ड विद्वान हुनुहुन्थ्यो तर उहाँले पढाउने विषय थियो गणित । त्यसै गरि हाम्रो हेडसर हुनुहुन्थ्यो नारायण पौडेल । उहाँको त विषय नै सँस्कृत । उहाँले सँस्कृतमा आचार्य गर्नु भएको थियो र नेपाली पढाउनुहुन्थ्यो । उहाँहरू बीच जो शास्त्रार्थ हुन्थ्यो,त्यो सुन्न लायक हुन्थ्यो । सँस्कृतका शास्त्रहरू त मानौँ उहाँहरूले खर्लप्पै खानु भएको थियो ।

रुम्जाटार,टारेली गुरुँग र पहिचानका कुरा

Image
— सुवास गुरुँग भौगोलिक अवस्थिति रुम्जाटार पूर्वी नेपालको सगरमाथा अञ्चलको ओखलढुँगा जिल्लामा अवस्थित छ । ओखलढुँगा जिल्लाका ५६ गाविस मध्य यो एक मनमोहक र रमणीय गाउं हो ।

बेल्जियममा ३५ औं मेलमिलाप दिवस भब्यतापूर्वक सम्पन्न

Image
बिष्णु सापकोटा, लुभेन,बेल्जियम बेल्जियमका तीन प्रमूख शहरमा जनवरी १ तारीख २०११ का दिन राष्ट्रिय मेलमिलाप तथा नयाँ वर्ष २०११ को उपलक्षमा आयोजना गरिएका छुट्टाछुट्टै चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रमहरू भब्यतापूर्वक सम्पन्न भएका छन् ।

सन्दर्भ राष्ट्रिय एकता र मेलमिलापको

Image
 -उमेश अधिकारी आज ३४५ औँ राष्ट्रिय मेलमिलाप दिवस । राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाधीनता को रक्षा गर्नको निमित्त आफ्नू प्राण उत्सर्ग गर्न पनि पछी नहट्ने प्रतिबद्दताका साथ स्वर्गीय महामनाब बिश्वेस्वर प्रसाद कोइराला र उहाँको साथमा साथ दिएर अहिलेसम्म पनि राष्ट्रिय मेलमिलापमा विश्वास राख्ने समस्त नेपाली हरुको सदभाब प्रति कोटी कोटी नमस्कार !

जाँडबार, पत्रकार र मण्डिखाटार

Image
-इन्द्र क्षेत्री हाम्रो एउटा संस्कृति के छ भने हामी छोराले अरूकी छोरी भगाएर ल्यायो भने उत्सव मनाउँछौँ,जलेसा निकाल्छौँ जबकि छोरी भागेर गइ भने मातम् मनाउँछौँ,रूवाबासी गर्छौँ । अघिल्लो घटनाले हाम्रो छाती चौडा हुन्छ,पछिल्लो घटनाले नाक काटिन्छ । बुहारी भित्र्याउँदा आरती उतारिन्छ-छोरी अन्माउँदा अश्रुधारा बगाइन्छ । यो मानवीय स्वभाव हो । बुहारी भित्राउँदा एउटा नयाँ सदस्य थपिन्छ,छोरी अन्माउँदा पुरानो सदस्य गुमिन्छ ।   पारस-रूबेल प्रकरणमा पनि कमोबेश यही मानसिकताले काम गरेको छ । रूबेल चौधरीलाइ  एकजना सामान्य बँगाली नागरिकको रूपमा लीइएन । सरकारले उनलाइ एकजना भिआइपी को रूपमा लियो,मिडियाले भयँकर माफियाको रूपमा चित्रण ग-यो भने सर्वसाधारणले छोरी भगाउने गु ण्डा-मवालीको रूपमा । गोली पारसले चलाए-गाली रूबेलले खाए-बदनामी सुजाताको भयो । टाइगर

तस्वीर बोल्छ...

Image

धोवी-धुलाइ

हाम्रो बुवाहरू हुनुहुन्थ्यो ११ भाइ । जेठो बा जिम्मावाल र माहिलो चाहिँ मुखिया हुनुहुन्थ्यो रे जमानामा । हामी उहाँहरूलाइ जेठो बुवा-माइलो बुवा नभनेर जिम्माल बा,मुखिया बा नै भन्थ्यौँ । ठाइँला मुनिका सबैलाइ हामी कान्छो बुवा भनेर पुकार्छोँे । अब एकजना बुवा मात्र जीवित हुनुहुन्छ,साइँलो बुवा-८८ वर्ष ।

लाइट हरायो ।

२०४८ मा प्रहरी निरिक्षक ज्ञानेश्वर वैध्यको हत्या हुनुभन्दा अघिसम्म ज्यामिरघाटमा ज्यादै ठूलो मेला लाग्दथ्यो, माघे सक्रान्तीको दिनमा । मेला भर्न जानेहरूको लर्को लाग्थ्यो राङ्गखानी देखि लिएर ज्यामिरघाट सम्मै । बाजा-गाजा र भजन-किर्तन सहीत कालीगण्डकीमा तोरण लानेहरूको जलेशा हुन्थ्यो । बाटोको किनार र खेतका फाँटभरी गाउँलेहरूले सेलरोटी,चना,मासू र रक्सीका पसल राख्थे । तन्नेरी-तरूनीहरूको डम्फु-मादल र झ्याम्रेले पूरै ठेउले खोला घन्किन्थ्यो । समूह-समूहमा केटाकेटीहरू नाचगान र खानपीन गर्थे ।

अति गर्नुस अतिचार नगर्नुस

(बिवादहरू बैठकमै सुल्झाउनु पर्ने सबैको भावनाको कदर गर्दै मैले यो लेख छलफलको लागि समितिमा प्रस्ताव गरेको थिएँ तर समितिको बैठक बोलाएर छलफल गराउने तर्फ कुनै छाँट-काँट नदेखिएको र अद्यक्षबाटनै उल्टो मिडियाबाजी <span>( </span> http://www.nepalbritain.com/contents.php?q=a2fae53916271a33912f278457d5a2543 )शुरू भए पछि सार्वजनिक गर्न बाध्य भएको छु ।)                                                                                                           ...

कार्यपत्र

श्रीमान सभापति ज्यू, महाधिवेशन प्रतिनीधि,पर्यवेक्षक तथा महासमिति सदस्य ज्यूहरु, नेपाली कांग्रेस बा¥हौं महाधिवेशन–२०६७ काठमाण्डौं, नेपाल ।

कांग्रेस महाधिवेशन र डायस्पोरा कांग्रेस

-इन्द्र क्षेत्री १२ वर्ष पछि गत वर्ष बसेको नेपाली कांग्रेसको महासमितिको बैठकले बिदेशमा बस्ने नेपाली कांग्रेस प्रति निष्ठावान नेपालीहरुलाई पनि बा¥हौं महाधिवेशनमा सहभागी गराउने व्यवस्था गरे पछि डायस्पोरा कांग्रेसमा एक खालको हलचल पैदा भएको छ । धेरै जसो समितिहरुमा आन्तरिक विवाद रहिरहेकै अवस्थामा पार्टीको कृयाशील सदस्यता वितरण र प्रतिनीधि चयन प्रकृयाले मलजल प्रदान गरेको छ ।

यूरो काँग्रेसको अभियान अधिवेशन स्थगन

सन् २००७ सालको जुलाई महिनामा बर्लिनमा गठन गरिएको नेपाली कांग्रेसको युरोप स्तरिय सञ्जाल “नेपाली जनसम्पर्क समन्वय समिति युरोप” लाई नेपाली कांग्रेसको गत महासमिति बैठकले वैधानिक मान्यता दिन अस्विकार गरेको छ । बिदेश स्थित सबै देशका जनसम्पर्क समितिहरुलाई बैधानिक मान्यता प्रदान गरेको अवस्थामा युरोप भरि संगठन बिस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको यो समन्वय समितिलाई यो अवसरबाट किन वञ्चित गरियो ?

आजको सरल राजनीति

—ईन्द्र क्षेत्री नेपालीहरुको एउटा दुर्व्यसन छ,हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहांस छ । यति हतारमा कि राजा त्रीभूवनले आफ्नो सम्वोधन साफी गर्न सम्म भ्याएनछन् । उनले २००७ सालको शाही घोषणामा गणतन्त्र उल्लेख गरिदिए । जनक्रान्तीका कमाण्डर विश्वेश्वर प्रसाद कोईराला वार्तामा सहभागी हुनै नपाई दिल्ली सम्भौता सम्पन्न भएको कुरा उनको आत्मवृत्तान्तमा छ । राणाले खोरमा थुनेर राखेको सिंह(राजा)लाई मुक्त गर्ने काम त्यहि सम्झौताले ग¥यो ।

गिरिजाप्रसादका १० बिवादास्पद भनाईहरु

—ईन्द्र क्षेत्री १–यो जीत राजाको पनि हो पञ्चको पनि हो ०४६ मा नेपालमा प्रजातन्त्रको पुनःस्थापना पछि खुलामञ्चमा आयोजित विजय सभामा गिरिजा प्रसाद कोइरालाले भने “यो सबैको जीत हो,हाम्रो पनि,राजाको पनि र पञ्चको पनि जीत हो” । अनि उनि माथी ढुँगा–मुढा वर्षिन शुरू भयो । चर्को हूटिँग गरियो । स्थिति अनियन्त्रित हुन थाले पछि उनले आफ्नो मन्तब्य बीचमै रोक्नु पर्ने अवस्था आयो । भीडलाई शान्त पार्न गणेशमानजीले हस्तक्षप गर्नु परेको थियो । सतही रुपमा हेर्दा ४९ दिन चलेको जनआन्दोलनद्धारा आएको परिवर्तनलाई गिरिजा प्रसादले होच्याएका थिए,शहिदहरुको एक प्रकारले अपमान भएको थियो ।

यसर्थ बन्दैन सँविधान —ईन्द्र क्षेत्री

सँविधान जारी गर्ने समयसिमा जति नजिकिँदै छ त्यति नै राजनैतिक दल, लक्षित समुदाय तथा सरोकारवालाहरुका बीच मतभेदहरु सतहमा अवतरित हुँदै छन । राजनैतिक तहमा राज्यको शाशकीय स्वरुप, न्याय प्रणाली र राज्यको पुनरसँरचना तथा जनस्तरमा जातीय आधारमा राज्य बिभाजनले ज्यादा ध्यान खिँचेको छ । सँविधान सभाको राज्यपुनरसँरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले जातीय आधारमा राज्यको नक्शाङ्कन गरेपछि आमबेचैनी व्हात्तै बढेको छ ।

काँग्रेस पतनको कारण सैद्धान्तिक विचलन

–इन्द्र क्षेत्री एकजना विश्लेषकले कहिँ लेखेका थिए साहित्यमा त्यतिका कृतिनीधि दिएका विश्वेस्वर प्रसाद कोइरालाले राजनीतिमा एउटै खँदिलो किताव नदिइकन गए । साम्यबादमा प्रजातन्त्र थपीदिए समाजबाद हुने र समाजबादबाट प्रजातन्त्र झिकिदिए साम्यबाद हुने बिपीबादको सारसँक्षपको नेपाली सन्दर्भमा व्यावहारिक ढँगले ब्याख्या हुन सकेको छैन ।