Posts

गिरिजाप्रसादका १० बिवादास्पद भनाईहरु

—ईन्द्र क्षेत्री १–यो जीत राजाको पनि हो पञ्चको पनि हो ०४६ मा नेपालमा प्रजातन्त्रको पुनःस्थापना पछि खुलामञ्चमा आयोजित विजय सभामा गिरिजा प्रसाद कोइरालाले भने “यो सबैको जीत हो,हाम्रो पनि,राजाको पनि र पञ्चको पनि जीत हो” । अनि उनि माथी ढुँगा–मुढा वर्षिन शुरू भयो । चर्को हूटिँग गरियो । स्थिति अनियन्त्रित हुन थाले पछि उनले आफ्नो मन्तब्य बीचमै रोक्नु पर्ने अवस्था आयो । भीडलाई शान्त पार्न गणेशमानजीले हस्तक्षप गर्नु परेको थियो । सतही रुपमा हेर्दा ४९ दिन चलेको जनआन्दोलनद्धारा आएको परिवर्तनलाई गिरिजा प्रसादले होच्याएका थिए,शहिदहरुको एक प्रकारले अपमान भएको थियो ।

यसर्थ बन्दैन सँविधान —ईन्द्र क्षेत्री

सँविधान जारी गर्ने समयसिमा जति नजिकिँदै छ त्यति नै राजनैतिक दल, लक्षित समुदाय तथा सरोकारवालाहरुका बीच मतभेदहरु सतहमा अवतरित हुँदै छन । राजनैतिक तहमा राज्यको शाशकीय स्वरुप, न्याय प्रणाली र राज्यको पुनरसँरचना तथा जनस्तरमा जातीय आधारमा राज्य बिभाजनले ज्यादा ध्यान खिँचेको छ । सँविधान सभाको राज्यपुनरसँरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले जातीय आधारमा राज्यको नक्शाङ्कन गरेपछि आमबेचैनी व्हात्तै बढेको छ ।

काँग्रेस पतनको कारण सैद्धान्तिक विचलन

–इन्द्र क्षेत्री एकजना विश्लेषकले कहिँ लेखेका थिए साहित्यमा त्यतिका कृतिनीधि दिएका विश्वेस्वर प्रसाद कोइरालाले राजनीतिमा एउटै खँदिलो किताव नदिइकन गए । साम्यबादमा प्रजातन्त्र थपीदिए समाजबाद हुने र समाजबादबाट प्रजातन्त्र झिकिदिए साम्यबाद हुने बिपीबादको सारसँक्षपको नेपाली सन्दर्भमा व्यावहारिक ढँगले ब्याख्या हुन सकेको छैन ।

बेल्जीयममा काँग्रेसको कृयाशील सदस्यता वितरण

Image
—ईन्द्र क्षेत्री बेल्जियम । नेपाली काँग्रेसको महासमितिको बैठकले बिदेशमा स्थापित प्रवासी काँग्रेसी सँस्था नेपाली जनसम्पर्क समितिहरुलाई पनि पार्टीको आगामी महाधिवेशनमा भाग लिन पाउने र महासमिति सदस्य समेत दिने गरि विधानमा व्यवस्था गरे पछि नेपाली जनसम्पर्क समिति बेल्जीयमले नेपाली काँग्रेसको कृयाशील सदस्यता बाँड्न थालेको छ ।

आहालको कमल– माओबादी दल

—ईन्द्र क्षेत्री राष्ट्रपतिको कदमबाट नागरिक सर्वोच्चतामा हनन भयो भन्दै ६ महिना अघि सरकार र शान्तीप्रकृयाबाट बिच्किएको एनेकपा माओवादीले अन्ततः त्यसैको बहालीको लागि भनेर दोश्रो चरणको आन्दोलनको शुरुवात गरेको छ । यो आन्दोलन प्रारम्भमा शान्तीपुर्ण देखिएको भए पनि नेताहरुका हाउभाउ र कार्यकताहरुको मुड् हेर्दा यसले सितिमिति विश्राम लिने छाँट देखिँदैन ।

काँग्रेसको कालजयी निर्णय !

Image
- इन्द्र क्षेत्री नेपाली काँग्रेसको महासमितिको बैठक यस पार्टीको जीवनमा दूरगामी प्रभाव राख्ने एतिहाँसिक निर्णय गर्दै समापन भएको छ । बैठकले नेपाली काँग्रेसको शँशोधित विधान ब्यापक छलफल र वादविवाद पछि अन्ततः पारित गरेको छ । जसमा एक महामन्त्री, एक कोषाध्यक्ष सहित ७५ प्रतिशत सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ भने उपसभापतिहरू, एक महामन्त्री र सहमहामन्त्री सहित २५ प्रतिशत सदस्य सभापतिले मनोनित गर्न पाउने प्रावधान राखिएको छ । तर सभापतिले नियुक्त गर्ने उपसभापतिहरू,महामन्त्री र सहमहामन्त्री निर्वाचित सदस्यहरू मध्यबाट नियुक्त हुनेछन । १ सभापति र २५ जना केन्द्रीय सदस्यहरू खुल्ला प्रतिस्प्रधाबाट, प्रतेक अंचल बाट १/१ जना गरि १४ जना, आरक्षण (दलित,महिला,जनजाती र मधेशी) २७ मा ५ जना मनोनीत र २२ जना निर्वाचन बाट र १६ जना सभापतिबाट मनोनीत हुने गरि जम्मा ८३ सदस्यीय कार्य समिति रहने ब्यवस्था नेपाली कांग्रेस महासमिति बैठक बाट निर्णय भएको छ । त्यसै गरि जनसम्पर्क समितिहरूको हकमा पारित विधानमा विशेष ब्यबस्था गरिएको छ, जस अनुसार ५०० जना सम्म क्रियाशील सदस्य भएका समितिहरुको केन्द्रिय भेलाबाट छानिएका ६ र १ सभाप...

एनआरएन बेल्जीयममा बरिष्ठहरू ‘ब्ल्याक आउट’!

Image
-ईन्द्र क्षेत्री गैर आवासीय नेपाली सँघ अन्तरराष्ट्रीय समन्वय परिषदको आगामी अक्टोबर १३ गते देखि १५ सम्म काठमाण्डौँमा सम्पन्न हुन गैरहेको चौथो ग्लोबल सम्मेलनमा राष्ट्रीय समन्वय परिषद बेल्जीयमको आइसीसी सदस्य पदका लागि सेप्टेम्बर ७ गते भएको उम्मेद्वारहरूको मनोनयन दर्ता सँगसँगै एनआरएन बेल्जियमको चुनावी माहौल एक्कासी तात्न पुगेको छ । साधारण सदस्यहरू साधारण सभामा उठ्न सक्ने गम्भिर विषयहरूमा भन्दा जनमतको जोडघटाउमा बढी ब्यस्त देखिन थालेका छन । तीनजनाको मात्र उम्मेद्वारी दर्ता उम्मेदवारहरुको मनोनयनको लागि तोकिएको समय सेप्टेम्बर ७ तारीख साँझ १७.०० बजे सम्ममा प्रेम गुरूँग,अर्जुन श्रेष्ठ र श्रीप्रसाद सापकोटा गरि तीन जनाको मात्र उम्मेदवारी परेको कुरा निर्वाचन समितिले जनाएको छ । एनआरएन बेल्जीयमको यस निर्वाचनलाइ ब्यापक रूपमा राजनीतिकरण गरिएको चर्चा-परिचर्चा चलिरहँदा नेपाली काँग्रेस निकटको जनसम्पर्क समितिले एनआरएन बेल्जीयमका अग्रजहरू क्रमशः वर्तमान आइसिसि सदस्य रविन्द्रमान श्रेष्ठ,निवर्तमान अद्यक्ष युवराज गुरूँग,युरोपीयन उपसँयोजक जानकी गुरूँग,भु.पु उपाद्यक्ष द्वय पुष्पराज अधिकारी र अनन्ता गुरूँग तथा म...

गजल

Image
अधुरा ती रहरहरु, साँचेर हुन्छ के ? मायाँ बिनाको जीन्दगी, बाँचेर हुन्छ के ?? तिमी छौ म छु र पो, यो महफील छ एक्लै-एक्लै रोदीमा, नाचेर हुन्छ के ? जे भन्नु छ हाकी-पछारी, समक्ष भन, पीठ्युँ पछाडी कुरा, काटेर हुन्छ के ? पीरलो के हो आउ, बसौँ वार्ता थालौ, आफैँलाइ यस्तो सधैँ, ढाँटेर हुन्छ के ? फोक्कैमा झर्किन्छौ ’ईन्द्र’! मदेखि तर्किन्छौ, मनका कोमल आँकुरा, भाँचेर हुन्छ के ? -------------0000-------------------

गजल

Image
जा भ"वरा जा,जा अव जा ! कर्कश आवाज, भैगो नसुना !! देखे" तेरो प्यार,छद्म व्यवहार, झुठ्ठो लोकाचार,अव नजता ! कहा" गए ती कसम ? वाचा के भए ?? विर्सीए कसरी ? बितेका कुरा ! जा भ“वरा त“,वापस न आ, प्रेम-आलाप कहि“,अन्तै दोहोरा ! --------------000-----------------

गजल

Image
न रस् न राग्,न सूर न ताल् ! यसै टिपेर मिल्कायौ फूल् ! चिनेनौँ कि त तिमीले माल ! यसै टिपेर मिल्कायौ फूल् !! तिमी पत्थर हो,फलामको खील,खै कुरा बुझेको तिमिले ? कठैबरा त्यो निर्दोषको बेहाल ! यसै टिपेर मिल्कायौ फूल् !! आह ! कति दुखे होला निर्धाको दील,खै कुरा बुझेको तिमिले ? कसरी ठग्यौ बुनेर नौजाल ! यसै टिपेर मिल्कायौ फूल् !! तिमी स्याल-ब्वाँसो हो,तिमी चील, खै कुरा बुझेको तिमिले ? जे मा पनि काढ्छौ तिमिले –याल ! यसै टिपेर मिल्कायौ फूल् !! कहाँ ती सौरभ,कहाँ त्यो जलील,खै कुरा बुझेको तिमिले ? यो "इन्द्र"-कमल,त्यो गन्दा आहाल ! यसै टिपेर मिल्कायौ फूल् !! -----------------0000000000------------------

युरोप काँग्रेसमा राजनैतिक नरसँहार

Image
-इन्द्र क्षत्री २६ मे २००७ का दिन नेपाली काँग्रेस विदेश विभाग प्रमुख सुजाता कोईरालाको उपस्थितिमा जर्मनीको बर्लीन शहरमा सम्पन्न भेलाले युरोप महादेशका विभिन्न मुलुकहरुमा कार्यरत जनसम्पर्क समितिहरुका बीच समन्वय र सहकार्य गर्ने र जनसम्पर्क समितिहरु स्थापना नभएका देशहरुमा यथाशिघ्र समितिहरु खडा गर्ने जनादेशका साथ नेपाली काँग्रेस युरोपको गठन भएको हो । सोहि भेलाले ६ महिनाभित्र युरोपीयन सम्मेलन बोलाउने म्यण्डेटका साथ १५ सदस्यीय समन्वय समिति बनायो । त्यसैगरि भेलाले सबै देशका समितिका अद्यक्षहरु पदेन सदस्य रहने र पदेन सदस्यहरु आगामी युरोपीयन सँरचना अन्तरगत अद्यक्ष देखि कोषाद्यक्ष सम्मका पदहरुमा नबस्ने निर्णय भएको थियो । त्यसै निर्णयका कारण संयोजक दिल गुरुङले जर्मनीको नेतृत्व हस्तान्तरण गरेका थिए । भेलाले बर्लीन घोषणपत्र जारी गरि सँठनको अवधारणा,उद्देश्य,अन्तरिम विधान र कार्यविधी तय गरेको थियो । यस दौरान यो सँगठन आफ्नै प्रकारले युरोपभरी सकृय रहनुका साथै निरन्तर पार्टी केन्द्रको प्रत्यक्ष सम्पर्कमा रहि आएको छ । तर पार्टी केन्द्रले अहिले सम्म युरोपीयन सँगठनको मान्यता प्रदान गरेको छैन । कार्यवाहक सभापत...

गजल

Image
सज्जनको छ कन्तबिजोग,दुस्कर्म भो हावी हजूर ! निर्धा,दीन-दुःखी उपर,हुन्छ जथाभावी हजूर !! मुलुक बन्यो पापकुण्ड,पापै फुल्छ,पापै फल्छ, फलिफाप छ गोरखधन्दा,ठगै इन्कलावी हजूर ! भविष्य छ रसातलमा,जिम्मा लिने कोहि छैन , नैतिकता नै बिके पछि,के जिम्मा के दावी हजूर ?! हाँडीगाउँ भो देश हाम्रो,कहिँ न हुने यहिँ हुन्छ, असँभव यहाँ केहि छैन,नेता छन मेधावी हजूर ! गाइको दुधले नुहाएका,अग्रज हाम्रा स्नीग्ध छन, ओँठमा छ रे दीव्य वाणी,जीवन छ मायावी हजूर ! -------------------0000----------------------

गजल

Image
रस चुसेर माहूरी, फुर्र उडेर हरायौ ! केवल याद अनुपम,यहाँ छोडेर हरायौ !! भाव जगाइ भर्खर,मायाँको बीज फुटाइ, आफ्नै हातले अँकुर,किन गोडेर हरायौ ! शहनाइ बज्दै थियो,महफिल सज्दै थियो, हतारमा यस्तो किन ? मुख मोडेर हरायौ ! चाहना अपुरै रहे,मेरा योजना अधुरै, निमेषमा यसै कसरि,नाता तोडेर हरायौ ! पात-पात आभास तिम्रो,फुल-फुल सुवास, रोम-रोममा मादकता,तिमि जोडेर हरायौ ! -----------0000000--------------

द्वन्द्वले खनेको खाडल

Image
-इन्द्र क्षत्री बेल्जीयम । एनेकपा (माओबादी) ले सँयुक्त राष्ट्र सँघका आँखा छलेर केहि बढी लडाकुहरूलाइ उसको जनसेनामा घुसाउन सफल भएको रहेछ । टिका-टिप्पणी जे भए पनि सकल माओबादीको रूपान्तरण र पुनःस्थापनाको सन्दर्भमा यो सकारात्मक कुरा नै हो । प्रमाणीकरण भएका यी लडाकुहरू यो वा त्यो रूपमा अन्ततः राज्यको यो वा त्यो अँगमा समायोजन हुने नै छन । शिविरमा रहेका लडाकुहरू सेना समायोजन विशेष समितिको मातहतमा आइसकेको हुनाले यसमा राजनैतिक दलहरूले ज्यादा ध्यान दिइरहनु पर्ने जरूरत छैन । यो मुद्दा लडाकु प्रमाणीकरण भएको दिनदेखिनै एक प्रकारले समाप्त भैसकेको छ । त्यसैले दलहरूले जति उछाले पनि लडाकुहरूको समायोजन ठूलो समस्या होइन ।

गजल

Image
आतँकको भेलबाढीमा,बस्ती उजाड् हुन्छन् तमाम् ! खण्डहरमा उभिएर, हाँस्छ एउटा रून्छन् तमाम् !! कल्पनाको मधुवनमा,भँवरालाइ घुमाउँछन्, फक्राएर फूल कृतृम,विचरालाइ थुन्छन् तमाम् ! रणनीति छ कण्-कणमा,इमान-जमान बिक्रीमा छ, बडे-बडे विद्वान् अचेल, भ्रमजाल बुन्छन् तमाम् ! जलप लगाइ बोल्न सके, सुनको भाउमा नून बिक्छ, हाम्रो यहाँ स्वभावतः, चिल्ला कुरा सुन्छन् तमाम् ! खुकुरीलाइ थाहा हुँदैन,अचानोको पीर-वेदना, सुदूर गाउँमा निश्छल मुहार,खून-आँसुले धुन्छन् तमाम् ! -------------------------00000---------------------

गजल

Image
चाहना डढेर मेरा,चिहान बन्दै गए ! सपना मेरा क्रमशः,बैमान बन्दै गए !! सम्बन्ध टुटेको छ,साथ हठात छुटेको छ, अब ठाँटी-चोेतारीहरू,मुग्लान बन्दै गए ! मन बेचैन छ अचेल,मगज असहज छ, भाव तड्पेर सतत् , अन्जान बन्दै गए ! दग्ध हृदय लीएर,भग्न जीवन जीएर, हर साँझ-बिहान मेरा,विरान बन्दै गए ! कसलाइ के थाहा ? कति दुखेको छ मन यहाँ, तिम्रो पलायनमा रहरहरू,अवशान बन्दै गए ! -------------00000---------------

गजल

Image
मायाँमा म बर्बाद भएँ, सर्वस्व गुमाएँ ! जानी-जानी मैले तिम्लाइ,यो दिल लुटाएँ !! अँोठ भए मदिरा ती, अँाखामा छ जादू , मदहोश म यन्त्रचालीत,शनै-शनै अाएँ ! गालामा स्याउ फलेको छ,चुल्ठो नागवेली, त्यसमाथी यो छुनुमुनु,मैले मन पराएँ ! वाणीमा छ सूर तिम्रो,चालमा छ ताल, ढुकढुकीले भाखा हाल्यो,प्रेम-गीत गाएँ ! प्रारव्ध त्यस्तै भयो,बिवेक डगमगायो, धेरै दुःख पाएँ मैले,धेरै हण्डर खाएँ ! ----------0000------------

समझदारी,सहकार्य र एकतामा कसैको हार हुँदैन ।

Image
-इन्द्र क्षेत्री १-समावेशी लोकतन्त्र र अस्थीर सरकार:- नेपालले सँविधानसभाको निर्वाचनमा मिश्रित निर्वाचन पद्धति अवलम्वन गरेर बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष हुने वेस्ट मिनिष्टर शैलीको सँसदीय शाशन पद्धति परित्याग गरिसकेको छ । दुनियाँमा अभ्यास गरिएका भिन्न-भिन्न प्रकारका समानुपातिक निर्वाचन पद्धतिहरूको एउटै निष्कर्ष सहमतीय सरकार र सम्मानित प्रतिपक्ष हो । नेपालको अन्तरिम सँविधानले पनि यस तथ्यलाइ आत्मसात गरेको छ । सँविधानमा राष्ट्रीय सरकार वा सँयुक्त सरकारको परिकल्पना गरेर नेपालले एकमना बहुमतीय शाशनपद्धतिबाट सर्वदलीय वा बहुदलीय सहमतीय शाशनपद्धतिमा विधिवत रूपमा सँक्रमण गरिसकेको छ। यो तथ्यलाइ दलहरूले या त बुझेकै छैनन या बुझपचाइरहेका छन अथवा उनिहरूको नीयतमा खोट छ । वस्तुतः सँघीयता र समानुपातिक निर्वाचन प्रणाली अपनाएका अधिकाँश देशका सरकारहरू पायः अस्थीर नै हुने गर्दछन । गठबन्धन सँस्कृति यसको अपरिहार्यता हो । गठबन्धनहरू बन्नु र भत्कनु नीयति हो भने एकता टुट्नासाथ सरकार ढल्नु यसको बाध्यता । यो पद्धति अन्तरगत कुनै एउटा दलले पुर्ण बहूमत प्राप्त गर्ने कुरा असँभवप्रायः हुन्छ । तर कुनै दलले प्रष्ट ब...

अब कसैले हार्दैन यहाँ !

Image
-इन्द्र क्षेत्री नेपालले सँविधानसभाको निर्वाचनमा मिश्रित निर्वाचन पद्धति अवलम्वन गरेर बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष हुने वेस्ट मिनिष्टर शैलीको सँसदीय शाशन पद्धति परित्याग गरिसकेको छ । दुनियाँमा अभ्यास गरिएका भिन्न-भिन्न प्रकारका समानुपातिक निर्वाचन पद्धतिहरूको एउटै निष्कर्ष सहमतीय सरकार र सम्मानित प्रतिपक्ष हो । नेपालको अन्तरिम सँविधानले पनि यस तथ्यलाइ आत्मसात गरेको छ । सँविधानमा राष्ट्रीय सरकार वा सँयुक्त सरकारको परिकल्पना गरेर नेपालले एकदलको बहुमतीय शाशनपद्धतिबाट सर्वदलीय वा बहुदलीय सहमतीय शाशनपद्धतिमा विधिवत रूपमा सँक्रमण गरिसकेको छ। वस्तुतः समानुपातिक निर्वाचन प्रणाली अपनाएका अधिकाँश देशका सरकारहरू पायः अस्थीर नै हुने गर्दछन । गठबन्धन सँस्कृति यसको अपरिहार्यता हो । गठबन्धनहरू बन्नु र भत्कनु नीयति हो भने एकता टुट्नासाथ सरकार ढल्नु यसको बाध्यता । यो पद्धति अन्तरगत कुनै एउटा दलले पुर्ण बहूमत प्राप्त गर्ने कुरा असँभवप्रायः हुन्छ । तर कुनै दलले प्रष्ट बहूमत ल्याइहाल्यो भने पनि प्रतिपक्षको अभावमा त्यो एकखाले अधिनायकबादमा परिणत हुन बेर नलाग्ने पनि यथार्थ हो । यहिनै यसको कमजोरी हो । न...

नयाँ नेपाल : चिली वा भेनेजुएला !

Image
-इन्द्र क्षेत्री एलाण्डेकालिन चिली,ह्युगो चावेज शाशीत वर्तमान भेनेजुएला र अहिलेको नेपालको राजनैतिक परिवेशमा धेरै समानताहरू छन । १९७० को दशकमा चिली समाजवाद लागू गर्ने प्रयत्नमा दुइ दशक लामो सैन्य शाशनको जाँतोमा पिसिन पुग्यो भने २००२ को भेनेजुएलन सैन्य कू असफल भएपछि त्यहाँ अधिनायकवादको सफल अभ्यास भैरहेको छ । चिलीमा साल्भाडोर एलाण्डे र भेनेजुएलामा ह्यूगो चावेज दुबैजना जनमत जीतेर नेतृत्वमा स्थापित भएका हुन । यस अालेखमा यि ल्याटिन अमेरिकी देशका भिन्न-भिन्न कालखण्डमा सम्पन्न भएका तर समान चरित्रका पछिल्ला विद्रोह र प्रतिविद्रोहहरूको कसिमा हाम्रो सन्दर्भलाइ हेर्ने प्रयत्न गरिएको छ । १- चिली र सैन्य विद्रोह ल्याटिन अमेरिकन राष्ट्र चिलिमा १९७० मा सम्पन्न विवादास्पद राष्ट्रपतीय चुनाव जीतेर साल्भाडोर एलाण्डे विश्व इतिहाँसमा प्रथम जननिर्वाचित कम्युनिष्ट राष्ट्रपति बने । सेनाको अलिच्छाका बावजूद एलाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरे । उनको सत्तारोहणका बेला चिली अहिलेको नेपाल जस्तै अार्थिक दुरावस्था,न्यून अार्थिक वृद्धि,चर्को मुद्रास्फिति,अायको असमान वितरण र मुलुकको अर्थतन्त्रमा मुठ्ठीभर ब्यक्तिहर...

गजल

हाँगाबाट आज फूल झरेको छ ! यताबाट त्यो मन कतै सरेको छ !! शव्द-शव्द थाले पड्कन अचेल, बचनमा तिम्रो बारूद भरेको छ ! अशान्त छौ तिमी अधीर छौ मान्दछु, तर मेरो मायाँ कहाँनेर मरेको छ ? तिम्रा पनि विघ्न-वाधा हुनन धेरै, हूरी चलेको छ,चट्याङ परेको छ ! तिमी तर्केको क्षण म बिर्सुँ कसरी ? परन्तु दिल नदुख्ने प्रण गरेको छ ! मानौँ एउटा सँकट आज टरेको छ ! यताबाट त्यो मन कतै सरेको छ !! -------------------000------------------------

एन अार एन बेल्जीयममा पनि भद्रगोल र अव्यवस्था

-इन्द्र छेत्री एन आर एन बेल्जियमको गत अप्रिल पाँच तारीखका दिन बसेको बैठकले यस अघी गरेको आफ्नै निर्णयहरूलाई उल्टाएको छ । संघको अघिल्लो बैठकले आफ्ना पाँच जना संरक्षकमा बेल्जीयमका लागि नेपाली राजदूत लगायत सभासद पासाङ् सेर्पा,बेल्जियम कांग्रेस,एमाले र माओबादीका अद्यक्षहरुलाई नियुक्त गरेको थियो । त्यसैगरि सँघको विधानमा व्यवस्था भए अनुसार सातजना सल्लाहकारमा बिभिन्न ब्यक्तिहरूलाइ मनोनित गरिएको थियो भने सँघको द्वित्तिय महाधिवेशनबाट शँशोधित विधान बमोजिम अद्यक्षद्वारा मनोनित हुने चारजना कार्य समिति सदस्यहरू पनि मनोनित भएका थिए । यसरि ढिलै भए पनि सँघले पूर्णता पाएपछि गति लिने अाशा पलाएको थियो । तर समितिको पाँच अप्रिलमा बसेको बैठकले त्यो अाशामा तुषारापात गरिदिएको छ । समितिमा रिक्त रहेका सल्लाहकार र सँरक्षक पदपूर्तिको गाँठो अब साधारण सभाले मात्र फुकाउन सक्ने गरि कसिएको छ । सँघको पछिल्लो बैठकबाट राजदूत बाहेक अन्य सँरक्षकहरू हटाइएका छन् । विधान बमोजिम नियुक्त सातैजना सल्लाहकारहरूलाइ खारेज गरि बेल्जीयममा स्थापित सबै नेपाली सँघ-सँस्थाका प्रमुखहरूलाइ सल्लाहकार बनाउने निर्णय गरिएको छ भने मनोनित सदस्य इन्...

गैर आवासीय नेपाली संघ बेल्जियम "तंलाई न मलाई घुइयांलाई " !

Image
एन आर एन बेल्जियम को आज बसेको बैठकले यस् अघी गरेको आफ्नै निर्णयलाई उल्टाएको छ । संघको अघिल्लो बैठकले आफ्नो संरक्षकमा सभासद पासाङ् सेर्पा ,बेल्जियम कांग्रेस ,एमाले र माओबादीका अद्यक्षहरुलाई नियुक्त गरेको थियो । पहिलो पटक गैर आवासीय नेपाली संघ बेल्जियममा प्रवेश गरेको माओबादी पक्षको लिंढेढिपिका कारण निर्वाचन भएको लामो समय बितिसक्दा पनि समितिले पूर्णता पाउन नसकेपछी बैठकले यसको जिम्मेवारी पदाधिकारीहरुलाई सुम्पेको थियो । नवप्रवेशी केही पदाधिकारीहरुले एन आर एन बेल्जियमको स्थापना र बिकास मा महत्वपूर्ण योगदान गर्ने वरिष्ठ ब्यक्तिहरुको नामै सुन्न नचाहेपछी अद्यक्षले पनि माओबादीका तर्फबाट प्रस्तुत नामहरु हेर्नै चाहेनन । फलस्वरुप बिभिन्न पदहरुमा मनोनयन र नियुक्ती भएका सोह्र जनामध्य माओबादीबाट दुइजना मात्र पर्न सके । त्यो पनि एकजना सल्लाहकार माओबादी बेल्जियमको अद्यक्ष भएका हैसियतले र अर्का एकजना सल्लाहकार सदस्यमा पराजित भएकी लो प्रोफाइल की ब्यक्ति ! शायद यसैलाई कौवा बाठो भएको भन्छन क्यारे नेपालीमा ! अहिले आएर बेल्जियममा कार्यरत सबै नेपाली संस्थाका अद्यक्षहरुलाई पदेन सल्लाहकार बनाउने हास्यास्पद निर्ण...

के लोकतन्त्रको लागि फेरी लडनु पर्ने हो ?

-इन्द्र क्षेत्री ‘‘नेपालमा प्रजातन्त्रबादी र बामपन्थी धार वारी-पारी बगिरहेका छन,राजाले बुद्धि पुर्याएनन् भने यी दुइ नदी एउटै धारमा मिसिन सक्छन् । त्यसपछी यसलाइ दुनियांको कुनै ताकतले रोक्न सक्ने छैन ।’’ -गिरिजा प्रसाद कोइराला (दोश्रो जनआन्दोलनका दौरान बिबिसिमा प्रसारित अन्तरवार्ता) त्यहि भयो । यस्तो स्पष्ट कुरा राजाले बुझेनन् । अन्ततः १२ बुँदे दिल्ली दोभानमा यी दुबै धारको सँगम भयो । बुद्धि बिग्रेका राजाको राजपाठ खोसियो । बाठा दलहरूले एक-एक प्रमूख कुरा त्याग्ने सहमति गरेर डुब्दो नैया तत्कालका लागि पार लगाए । माओबादीको हतियार,काँग्रेसको सिद्धान्त र एमालेको अडानले विश्राम पाए । मुलुकको राजनीतिले सकारात्मक मोड लियो । माअोबादीको हिँसा र राजाको निरँकुशताबाट मुलुक मुक्त भयो । सँविधान सभाको चुनाव भयो । परिवर्तनको एजेण्डा बोकेको क्रान्तिकारी दलले जनमत जीत्यो । सम्झौता मुताबिक नै नेपाल लोकतान्त्रीक गणतन्त्र घोषीत भयो । देशको उन्नतिको सिलान्यास भयो । यसरी सरसर्ति हेर्दा जनताको हात माथि परेको जस्तो देखिए पनि वास्तविकता अर्कै भएको कुरा घटनाक्रमहरूले पुष्टी गर्न थालेका छन् । तथ्यहरूको सुक्ष्म अध्ययनल...