Posts

गजल

Image
चाहना डढेर मेरा,चिहान बन्दै गए ! सपना मेरा क्रमशः,बैमान बन्दै गए !! सम्बन्ध टुटेको छ,साथ हठात छुटेको छ, अब ठाँटी-चोेतारीहरू,मुग्लान बन्दै गए ! मन बेचैन छ अचेल,मगज असहज छ, भाव तड्पेर सतत् , अन्जान बन्दै गए ! दग्ध हृदय लीएर,भग्न जीवन जीएर, हर साँझ-बिहान मेरा,विरान बन्दै गए ! कसलाइ के थाहा ? कति दुखेको छ मन यहाँ, तिम्रो पलायनमा रहरहरू,अवशान बन्दै गए ! -------------00000---------------

गजल

Image
मायाँमा म बर्बाद भएँ, सर्वस्व गुमाएँ ! जानी-जानी मैले तिम्लाइ,यो दिल लुटाएँ !! अँोठ भए मदिरा ती, अँाखामा छ जादू , मदहोश म यन्त्रचालीत,शनै-शनै अाएँ ! गालामा स्याउ फलेको छ,चुल्ठो नागवेली, त्यसमाथी यो छुनुमुनु,मैले मन पराएँ ! वाणीमा छ सूर तिम्रो,चालमा छ ताल, ढुकढुकीले भाखा हाल्यो,प्रेम-गीत गाएँ ! प्रारव्ध त्यस्तै भयो,बिवेक डगमगायो, धेरै दुःख पाएँ मैले,धेरै हण्डर खाएँ ! ----------0000------------

समझदारी,सहकार्य र एकतामा कसैको हार हुँदैन ।

Image
-इन्द्र क्षेत्री १-समावेशी लोकतन्त्र र अस्थीर सरकार:- नेपालले सँविधानसभाको निर्वाचनमा मिश्रित निर्वाचन पद्धति अवलम्वन गरेर बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष हुने वेस्ट मिनिष्टर शैलीको सँसदीय शाशन पद्धति परित्याग गरिसकेको छ । दुनियाँमा अभ्यास गरिएका भिन्न-भिन्न प्रकारका समानुपातिक निर्वाचन पद्धतिहरूको एउटै निष्कर्ष सहमतीय सरकार र सम्मानित प्रतिपक्ष हो । नेपालको अन्तरिम सँविधानले पनि यस तथ्यलाइ आत्मसात गरेको छ । सँविधानमा राष्ट्रीय सरकार वा सँयुक्त सरकारको परिकल्पना गरेर नेपालले एकमना बहुमतीय शाशनपद्धतिबाट सर्वदलीय वा बहुदलीय सहमतीय शाशनपद्धतिमा विधिवत रूपमा सँक्रमण गरिसकेको छ। यो तथ्यलाइ दलहरूले या त बुझेकै छैनन या बुझपचाइरहेका छन अथवा उनिहरूको नीयतमा खोट छ । वस्तुतः सँघीयता र समानुपातिक निर्वाचन प्रणाली अपनाएका अधिकाँश देशका सरकारहरू पायः अस्थीर नै हुने गर्दछन । गठबन्धन सँस्कृति यसको अपरिहार्यता हो । गठबन्धनहरू बन्नु र भत्कनु नीयति हो भने एकता टुट्नासाथ सरकार ढल्नु यसको बाध्यता । यो पद्धति अन्तरगत कुनै एउटा दलले पुर्ण बहूमत प्राप्त गर्ने कुरा असँभवप्रायः हुन्छ । तर कुनै दलले प्रष्ट ब...

अब कसैले हार्दैन यहाँ !

Image
-इन्द्र क्षेत्री नेपालले सँविधानसभाको निर्वाचनमा मिश्रित निर्वाचन पद्धति अवलम्वन गरेर बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष हुने वेस्ट मिनिष्टर शैलीको सँसदीय शाशन पद्धति परित्याग गरिसकेको छ । दुनियाँमा अभ्यास गरिएका भिन्न-भिन्न प्रकारका समानुपातिक निर्वाचन पद्धतिहरूको एउटै निष्कर्ष सहमतीय सरकार र सम्मानित प्रतिपक्ष हो । नेपालको अन्तरिम सँविधानले पनि यस तथ्यलाइ आत्मसात गरेको छ । सँविधानमा राष्ट्रीय सरकार वा सँयुक्त सरकारको परिकल्पना गरेर नेपालले एकदलको बहुमतीय शाशनपद्धतिबाट सर्वदलीय वा बहुदलीय सहमतीय शाशनपद्धतिमा विधिवत रूपमा सँक्रमण गरिसकेको छ। वस्तुतः समानुपातिक निर्वाचन प्रणाली अपनाएका अधिकाँश देशका सरकारहरू पायः अस्थीर नै हुने गर्दछन । गठबन्धन सँस्कृति यसको अपरिहार्यता हो । गठबन्धनहरू बन्नु र भत्कनु नीयति हो भने एकता टुट्नासाथ सरकार ढल्नु यसको बाध्यता । यो पद्धति अन्तरगत कुनै एउटा दलले पुर्ण बहूमत प्राप्त गर्ने कुरा असँभवप्रायः हुन्छ । तर कुनै दलले प्रष्ट बहूमत ल्याइहाल्यो भने पनि प्रतिपक्षको अभावमा त्यो एकखाले अधिनायकबादमा परिणत हुन बेर नलाग्ने पनि यथार्थ हो । यहिनै यसको कमजोरी हो । न...

नयाँ नेपाल : चिली वा भेनेजुएला !

Image
-इन्द्र क्षेत्री एलाण्डेकालिन चिली,ह्युगो चावेज शाशीत वर्तमान भेनेजुएला र अहिलेको नेपालको राजनैतिक परिवेशमा धेरै समानताहरू छन । १९७० को दशकमा चिली समाजवाद लागू गर्ने प्रयत्नमा दुइ दशक लामो सैन्य शाशनको जाँतोमा पिसिन पुग्यो भने २००२ को भेनेजुएलन सैन्य कू असफल भएपछि त्यहाँ अधिनायकवादको सफल अभ्यास भैरहेको छ । चिलीमा साल्भाडोर एलाण्डे र भेनेजुएलामा ह्यूगो चावेज दुबैजना जनमत जीतेर नेतृत्वमा स्थापित भएका हुन । यस अालेखमा यि ल्याटिन अमेरिकी देशका भिन्न-भिन्न कालखण्डमा सम्पन्न भएका तर समान चरित्रका पछिल्ला विद्रोह र प्रतिविद्रोहहरूको कसिमा हाम्रो सन्दर्भलाइ हेर्ने प्रयत्न गरिएको छ । १- चिली र सैन्य विद्रोह ल्याटिन अमेरिकन राष्ट्र चिलिमा १९७० मा सम्पन्न विवादास्पद राष्ट्रपतीय चुनाव जीतेर साल्भाडोर एलाण्डे विश्व इतिहाँसमा प्रथम जननिर्वाचित कम्युनिष्ट राष्ट्रपति बने । सेनाको अलिच्छाका बावजूद एलाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरे । उनको सत्तारोहणका बेला चिली अहिलेको नेपाल जस्तै अार्थिक दुरावस्था,न्यून अार्थिक वृद्धि,चर्को मुद्रास्फिति,अायको असमान वितरण र मुलुकको अर्थतन्त्रमा मुठ्ठीभर ब्यक्तिहर...

गजल

हाँगाबाट आज फूल झरेको छ ! यताबाट त्यो मन कतै सरेको छ !! शव्द-शव्द थाले पड्कन अचेल, बचनमा तिम्रो बारूद भरेको छ ! अशान्त छौ तिमी अधीर छौ मान्दछु, तर मेरो मायाँ कहाँनेर मरेको छ ? तिम्रा पनि विघ्न-वाधा हुनन धेरै, हूरी चलेको छ,चट्याङ परेको छ ! तिमी तर्केको क्षण म बिर्सुँ कसरी ? परन्तु दिल नदुख्ने प्रण गरेको छ ! मानौँ एउटा सँकट आज टरेको छ ! यताबाट त्यो मन कतै सरेको छ !! -------------------000------------------------

एन अार एन बेल्जीयममा पनि भद्रगोल र अव्यवस्था

-इन्द्र छेत्री एन आर एन बेल्जियमको गत अप्रिल पाँच तारीखका दिन बसेको बैठकले यस अघी गरेको आफ्नै निर्णयहरूलाई उल्टाएको छ । संघको अघिल्लो बैठकले आफ्ना पाँच जना संरक्षकमा बेल्जीयमका लागि नेपाली राजदूत लगायत सभासद पासाङ् सेर्पा,बेल्जियम कांग्रेस,एमाले र माओबादीका अद्यक्षहरुलाई नियुक्त गरेको थियो । त्यसैगरि सँघको विधानमा व्यवस्था भए अनुसार सातजना सल्लाहकारमा बिभिन्न ब्यक्तिहरूलाइ मनोनित गरिएको थियो भने सँघको द्वित्तिय महाधिवेशनबाट शँशोधित विधान बमोजिम अद्यक्षद्वारा मनोनित हुने चारजना कार्य समिति सदस्यहरू पनि मनोनित भएका थिए । यसरि ढिलै भए पनि सँघले पूर्णता पाएपछि गति लिने अाशा पलाएको थियो । तर समितिको पाँच अप्रिलमा बसेको बैठकले त्यो अाशामा तुषारापात गरिदिएको छ । समितिमा रिक्त रहेका सल्लाहकार र सँरक्षक पदपूर्तिको गाँठो अब साधारण सभाले मात्र फुकाउन सक्ने गरि कसिएको छ । सँघको पछिल्लो बैठकबाट राजदूत बाहेक अन्य सँरक्षकहरू हटाइएका छन् । विधान बमोजिम नियुक्त सातैजना सल्लाहकारहरूलाइ खारेज गरि बेल्जीयममा स्थापित सबै नेपाली सँघ-सँस्थाका प्रमुखहरूलाइ सल्लाहकार बनाउने निर्णय गरिएको छ भने मनोनित सदस्य इन्...

गैर आवासीय नेपाली संघ बेल्जियम "तंलाई न मलाई घुइयांलाई " !

Image
एन आर एन बेल्जियम को आज बसेको बैठकले यस् अघी गरेको आफ्नै निर्णयलाई उल्टाएको छ । संघको अघिल्लो बैठकले आफ्नो संरक्षकमा सभासद पासाङ् सेर्पा ,बेल्जियम कांग्रेस ,एमाले र माओबादीका अद्यक्षहरुलाई नियुक्त गरेको थियो । पहिलो पटक गैर आवासीय नेपाली संघ बेल्जियममा प्रवेश गरेको माओबादी पक्षको लिंढेढिपिका कारण निर्वाचन भएको लामो समय बितिसक्दा पनि समितिले पूर्णता पाउन नसकेपछी बैठकले यसको जिम्मेवारी पदाधिकारीहरुलाई सुम्पेको थियो । नवप्रवेशी केही पदाधिकारीहरुले एन आर एन बेल्जियमको स्थापना र बिकास मा महत्वपूर्ण योगदान गर्ने वरिष्ठ ब्यक्तिहरुको नामै सुन्न नचाहेपछी अद्यक्षले पनि माओबादीका तर्फबाट प्रस्तुत नामहरु हेर्नै चाहेनन । फलस्वरुप बिभिन्न पदहरुमा मनोनयन र नियुक्ती भएका सोह्र जनामध्य माओबादीबाट दुइजना मात्र पर्न सके । त्यो पनि एकजना सल्लाहकार माओबादी बेल्जियमको अद्यक्ष भएका हैसियतले र अर्का एकजना सल्लाहकार सदस्यमा पराजित भएकी लो प्रोफाइल की ब्यक्ति ! शायद यसैलाई कौवा बाठो भएको भन्छन क्यारे नेपालीमा ! अहिले आएर बेल्जियममा कार्यरत सबै नेपाली संस्थाका अद्यक्षहरुलाई पदेन सल्लाहकार बनाउने हास्यास्पद निर्ण...

के लोकतन्त्रको लागि फेरी लडनु पर्ने हो ?

-इन्द्र क्षेत्री ‘‘नेपालमा प्रजातन्त्रबादी र बामपन्थी धार वारी-पारी बगिरहेका छन,राजाले बुद्धि पुर्याएनन् भने यी दुइ नदी एउटै धारमा मिसिन सक्छन् । त्यसपछी यसलाइ दुनियांको कुनै ताकतले रोक्न सक्ने छैन ।’’ -गिरिजा प्रसाद कोइराला (दोश्रो जनआन्दोलनका दौरान बिबिसिमा प्रसारित अन्तरवार्ता) त्यहि भयो । यस्तो स्पष्ट कुरा राजाले बुझेनन् । अन्ततः १२ बुँदे दिल्ली दोभानमा यी दुबै धारको सँगम भयो । बुद्धि बिग्रेका राजाको राजपाठ खोसियो । बाठा दलहरूले एक-एक प्रमूख कुरा त्याग्ने सहमति गरेर डुब्दो नैया तत्कालका लागि पार लगाए । माओबादीको हतियार,काँग्रेसको सिद्धान्त र एमालेको अडानले विश्राम पाए । मुलुकको राजनीतिले सकारात्मक मोड लियो । माअोबादीको हिँसा र राजाको निरँकुशताबाट मुलुक मुक्त भयो । सँविधान सभाको चुनाव भयो । परिवर्तनको एजेण्डा बोकेको क्रान्तिकारी दलले जनमत जीत्यो । सम्झौता मुताबिक नै नेपाल लोकतान्त्रीक गणतन्त्र घोषीत भयो । देशको उन्नतिको सिलान्यास भयो । यसरी सरसर्ति हेर्दा जनताको हात माथि परेको जस्तो देखिए पनि वास्तविकता अर्कै भएको कुरा घटनाक्रमहरूले पुष्टी गर्न थालेका छन् । तथ्यहरूको सुक्ष्म अध्ययनल...
Image
प्रेममा लिप्त जोडी ढूकुरको,भावनाको भेल हो गजल ! शव्द,सन्दर्भ र सौन्दर्यको,लुकामारी खेल हो गजल !! काब्य शौष्ठव र छटा,श्रूति मधूर, एवम् भाव गम्भीर, प्रतिक,बिम्ब र उपमाको, सुन्दर तालमेल हो गजल ! राजनीति प्रेम र धर्म, दर्शन,समाज अनि मान्छे, धनी-गरीव र सुख-दुःखको विगत-अचेल हो गजल ! रदिफ,काफिया र शेर,मक्ता,मत्ला अनि मिसरा, सुस्पष्ट नियम र बहरहरूको,हथकडी-नेल हो गजल ! शव्द र विचार ओइरेर खालि, कहाँ गजल बन्छ र ? भाव, गुञ्जन र गायकीको,त्रीकोणीय स्केल हो गजल ! ---------------------000-------------------------

गजल

Image
ती वचन के भए, कहाँ गए ती कसम् ? तिमी कता गयौ, कहाँ हरायौ पूनम् ?? जीवनको हर मोडमा,उही विछोड्को क्रम् ! कति सहूँ ए जून् ! पीर,वेदना र जखम् ? सर्वथा रित्तो छु,तिमि बिना म खोक्रो छु, तन्-मनमा तिमि छौ, तिम्रै छ चाह हरदम् ! प्रेमको उत्तरार्द्धमा,कुन गोलार्द्ध पुग्यौ प्रिय ? कहाँ पाउँछौ तिमि,सत्यमम्-शिवम्-सुन्दरम् ?? फेरी मधुमास आयो,चमेली सुवास छायो, तिमी कहाँ चाँदनी ? किन भूल्यौ यो मौसम् ?? --------------------000------------------------

फोरमले हिन्दी भाषालाई राष्ट्रीय भाषा प्रस्ताव गर्यो नेपालीहरूमा हिन्दी मेनिया !

के गर्ने बच्चा,वयस्क,बृद्ध अनि हिमाल,पहाड,तराइ सबैलाइ हिन्दी मन पर्ने भएपछी के लाग्छ ? हिन्दी भाषाका चलचित्र र टीभी सिरियलहरूले पुरै नेपाली समाजलाइ गाँजेको छ । घरमा नेपाली चलचित्र र धारावाहिकहरू हेर्ने गरौँ, नेपाली गानाहरू सुन्ने गरौँ भन्दा एक्लो भइन्छ । नानीहरूको नेपालीमा भन्दा हिन्दीमा बढी प्रगति छ । म नेपाल छोडेर हिँड्ने बेला एक शब्द नबुझ्ने मेरी श्रीमति २/४ वर्षको अन्तरालमा पुनरमिलन हुँदा हिन्दी बुझ्ने मात्र होइन धाराप्रवाह बोल्न सक्ने दक्षता सहित प्राप्त गरेँ, छोरा-छोरीको त कुरै नगरौँ । साथी-भाइलाइ बिदेशमा पनि किन हिन्दी नै प्रमोट गर्नु पर्ने भन्दाखेरी 'Racist' र गँवार भन्ने उपाधी पाइएको छ । अझ एकजना बैनिले यसै सन्दर्भमा 'छ्या तपाइजस्तो मान्छेले यस्तो सँकीर्ण र अयथार्थवादी कुरा गर्न सुहाउँछ ? के मान्छे कालो वर्णका छन भनेर उनिहरूको परफरमेन्स लाइ पनि नकार्ने ?' भनेर हपारिन । हाम्रा नानीहरूलाइ कुन-कुन साइटहरूमा कुन-कुन फिल्म र टेलिसिरियलहरू राखेको छ भन्ने कुरा कण्ठस्थ हुन्छ । कुन फिल्म कस्तो छ र अहिले कुन सिरियल हिट भैराखेको छ भन्ने कुरा कसरी-कसरी थाहा पाइहाल्छन । हिज...

गजल

Image
पेट रित्तो छ र पनि, अघाइरहेका यी भाईहरू ! पग्-पगमा जीवन, चहर्याइरहेका यी भाईहरू !! सार्थकताले हिजै हो, बार-बान्नो लाइसकेको, बिना पैरवी मुकाम, धाइरहेका यी भाईहरू ! आफ्नो नैतिक मूल्यमा,यत्रो लूटपाट हुँदा पनि, पराया सँस्कारमा हाय ! रमाइरहेका यी भाईहरू ! निकम्मा छ यो पुस्ता, भ्रष्ट छ,विश्वास यहाँ रहेन, पल-पल आपस्तमा,मात खाइरहेका यी भाईहरू ! आदर्श बलात्कृत छ,जन-अस्मिता क्षत-विक्षत, पाप र दुष्कर्मलाइ खूब, सघाइरहेका यी भाईहरू ! यो कस्तो कालखण्ड हो, के हुँदैछ यहाँ था'छैन, होहल्लामा यसै जीब्रो, चपाइरहेका यी भाईहरू !

गजल

Image

गजल

Image
यो उतार-चढाव अनि कालचक्र ! तनाव-भडकाव अनि कालचक्र !! तिम्रा आदर्शको देख्यो के हाल छ, गृहकलह-मनमुटाव अनि कालचक्र ! मक्ख थियौ,युद्ध जीतेथ्यौ के पायौ ? त्रासदी अभाव अनि कालचक्र ! तिमि हताश छौ,खोइ त्यो जोश, विषुवत स्वभाव अनि कालचक्र ! मान्छे,मानव बन्नलाइ वाञ्छनीय छ , एक अर्को इन्कलाब अनि कालचक्र !

गजल

Image
सुक्ख देखी टाढा,खुशी भन्दा दूर हाय जीन्दगी ! मरी-मरीकन यसै बाँच्न मजबूर हाय जीन्दगी !! गद्-गद् छन ती छाडा छन जो केही सफल भए, निर्धा-दूखीका निम्ति अमिलो अङ्गूर हाय जीन्दगी ! तमोगुणले भ्रष्ट हुन्छ मानिस आलोचना सुन्दैन , बेहूली नमाग्दै जन्ति जान आतूर हाय जीन्दगी ! जीवन पानी हो जो बगीरहन्छ सतत् बगीरहन्छ, कहीँ ज्वार उठेको छ कहीँ गिरेको नूर हाय जीन्दगी ! सँक्रमीत छ चाहना,आकाँक्षा अनियन्त्रीत उत्तिकै, अनाचार र परपीडा बनेको छ दस्तूर हाय जीन्दगी !

सेना समायोजन विशेष समितिको बैठक बस्दै

काठमाडौँ, चैत १० । सेना समायोजन विशेष समितिको बैठक सोमबार अपरान्ह सिंहदरबारमा बसेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा प्राविधिक समितिको नाममा छलफल भइरहेको छ। समिति गठनको प्रक्रिया सोमबारबाटै सुरु हुने समितिका सदस्य मोहम्बद हबिबुल्लाले बैठक जानकारी दिएका थिए। बैठकमा सेना समायोजनको प्रक्रियाका विषयमा काम गर्ने प्राविधिक समितिको गठनका बारेमा छलफल हुने बताइएको थियो। यसअघि बसेको बैठकले ८ सदस्यीय प्राविधिक समिति गठन गर्ने निर्णय गरेको थियो । सेना समायोजन प्राविधिक समितिमा सेना समायोजनको प्रक्रियाका बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय जानकार नेपाली सेनालाई राम्ररी चिनेको र नेपालको द्वन्द्व व्यावस्थापनमा भूमिका खेलेको व्याक्तिलाई प्राविधिक समितिमा राख्ने सहमति भएको छ।सोमबारको बैठकमा एमालेबाट रिक्त सदस्यको पूर्तिका विषयमा पनि छलफल हुनेछ। समितिका सदस्य एमाले नेता भीम रावलले पदबाट राजिनामा दिएपछि एमालेबाट एकजना रिक्त रहेको छ।

गैर-आवासीय नेपाली सँघ बेल्जीयममा मनोनयन ।

ब्रसेल्स । गैर-आवासीय नेपाली सँघ,बेल्जीयमको कार्यकारी सदस्यमा नेपाली काँग्रेस सम्बद्ध जनसम्पर्क समितिका उपाध्यक्ष प्रेम गुरूङ्ग,सह-महामन्त्री शालीकराम गौतम,व्यवसायी सँघका उपाध्यक्ष राजकुमार लामा र एमाले बेल्जीयम सम्बद्ध इन्द्रलाल चापागाइँ मनोनित हुनुभएको छ । सँघको शँशोधीत विधान अनुसार अध्यक्षले चार जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । यस अघि सँघका तीनजना सँरक्षकमा काँग्रेस,एमाले र माअोवादी सम्बद्ध सँगठनका अध्यक्षहरूलाइ नियुक्त गरिसकीएको छ । त्यस्तै नेपाली काँग्रेसका सँविधान सभासद पासाङ सेर्पा र बेल्जीयमका लागि नेपाली राजदूत प्रमेश हमाल पनि सँरक्षक नियुक्त हुनु भएको छ । त्यसै गरि सात जना सल्लाहकारहरुमा जनसम्पर्क समितिका महामन्त्री सुवाश जोशी,कोषाध्यक्ष अनिता लामा र वरिष्ठ सल्लाहकार गोबिन्द सुबेदी मनोनित हुनु भएको छ भने व्यवसायी सँघका अध्यक्ष अर्जुन श्रेष्ठ,माओवादीकी कल्पना मगर,साहित्यकार कृष्ण बजगाइँ र व्यवसायी सहदेव गौतम पनि सल्लाहकार मनोनित गरिनु भएको छ । स्मरणीय छ, मनोनीत सदस्य चापागाइँ र सल्लाहकार कल्पना मगर सँघको निर्वाचनमा सदस्यका पराजीत उम्मेदवार हुन । उपरोक्त नियुक्ति र मनोन...

गजल

Image
थर्पुमा च्याँखे थापीएको, जुवा यो जीन्दगी ! यति हल्का कि सिमलको भुवा यो जीन्दगी !! अाफ्नो वरीपरी, तिम्ले सिउंडी उमारे पछी, घरको भयो न घाटको भतुवा यो जीन्दगी ! अस्थिरता, अनिश्चय र भ्रम हरदम यहाँ, कुहिरो, तुवाँलो र धुंवा यो जीन्दगी ! रमझम-रमितामा, रोदी र सोरठीमा , गजबले लक्ष भुलेको बटुवा यो जीन्दगी ! 'इन्द्र' तेरो ठाँट-बाँट र तडक-भडक देखी , यसै उतर्सीएको पानी मरूवा यो जीन्दगी ! -----------------000---------------------------

गजल

Image
अनेकौँ मोड्हरूमा मरेर, बारम्बार बाँच्दै छु ! प्राप्तीविहीन सँधर्षको, उपसँहार बाँच्दै छु !! वर्ष-वर्ष गरेर, एउटा सग्लो कार्यकाल बित्यो , के पाएँ ?गुमाएँ के ?वस्तुतः यस्तै दोधार बाँच्दै छु ! यस्तो भयङ्कर आँधी चल्यो, कि कायापलट भयो , प्लेगले ओकलेको म, धम्कीको बिमार बाँच्दै छु ! ठूल्ठूला शक्तीस्तम्भ, जो कालचक्रमा भासिए गए , सौजन्य यो जीवन, मृत्युबाट फरार बाँच्दै छु ! 'इन्द्र' ! तेरो वक्रनजरको, म शिकार बाँच्दै छु ! यस दण्डकारण्यमा, बनेर ठूलो भार बाँच्दै छु !! -------------------000----------------------

गजल

Image
काँढा माझ बनेको यो, हाम्रो घरबार हेर्नोस ! चुनौति छ जिजीविषा, यहाँ बारम्बार हेर्नोस !! कस्तो दिनमा जन्मीएछ,आतङ्कमै बाँच्नु पर्ने , यत्र-तत्र सर्वब्याप्त, खुकुरीको धार हेर्नोस ! अस्थिरता, अनिश्चय र, अशान्ती हरदम यहाँ , आशँका छ मगजभरी, दिलमा हाहाकार हेर्नोस ! भूगोलमा छ पाउ त के भो ? अन्तरले आकाश चुम्छ , समुन्द्र छ छाती हाम्रो, उभेको निधार हेर्नोस ! बीच शहरको लावा-लश्कर, सवयात्रा जस्तो लाग्छ , चीरनिन्द्रामा हो कि विवेक, फोरी गजबार हेर्नोस ! ------------------------000-------------------------

Maoist: either absolute power or fade away

Image
-Indra kshetri "People may think that the Maoist has created enormous conflict. …..system used to be developed out of mismanagement .Revolution used to happen within chaos. We must bring chaos. Well planned Chaos is the ideal." -Baburam Bhattarai Above quotation of com. Baburam Bhattarai reflects, there is no doubt of Maoist is the cause, convener and carrier of the worsening situation of the nation. Government is the one who's generating present unrest, anarchy, misconduct and chaos having several vital decisions in hurry and stepping back respectively. Entire mechanism of the establishment and the maoist party has been mobilized to achieve mentioned goal of statelessness. The government is gaining one step forward stepping two paces back, toward the very specific goal. Wrangler prime minister and hardworking ministers are paying their 15/15 hours a day of important time and efforts, not in vain .The YCL, Maoist trade unions and ANFSU (revolutionary) and others sister or...

ओबामाको विजयले जन्माएका आशँकाहरु

- ईन्द्र क्षेत्री " पकवान " बेल्जियम . हालै अमेरिकाको चवालिसौँ राष्ट्रपतिको रुपमा विजयी भएका प्रथम ठिमाहा राष्ट्रपति बराक हुसैन ओबामाको विजयले जहाँ गैरसरकारी क्षेत्रमा अमेरिका तथा विश्वभरमा वाह-वाही पाईरहेको छ त्यहीँ उनले प्रस्तुत गरेको रोडम्यापले आधिकारिक क्षेत्रमा विश्वव्यापी रुपमा आशँकाहरु जन्माएको छ . जर्मन चान्सलर एंगेला मार्केलले ईराकमा सैन्य सँख्या वृद्धि गर्न आह्वान गरेकी छन्,रसियन राष्ट्रपति मेड्वेडेवले ककेसस सम्बन्धी उनको अडानलाई लिएर कडा चेतावनी दिएका छन, ईरानसँग विना शर्त वार्ता गर्ने उनको योजनाले मिसाइल्स डिफेन्स सिस्टम अंतरगतका यूरोपीयन मुलुकहरु र नाटो अर्गनाइजेशन चिन्तित भएका छन ." मिशन् हण्टींग बिनलादेन " सफल पार्न पकिस्तानमा प्रत्यक्ष सैनिक कार्यवाही सँचालन गर्ने उनको भनाईले पकिस्तानी रिजीमको निन्द्रा हराम भएको छ . ईराकबाट यथासक्य चाँडो सैन्य फिर्ता गर्ने उनको घोषाणाले नूरी अल मलिकि र त्यहाँको लोकतान्त्रीक शक्तिलाई निराश तुल्याएको छ . उत्तर कोरियाको न्युक्लीयर कार्यक्रम र मध्यपुर्वको मुद्धा सदैव अमेरिकि प्रशाशनका शीरदर्द हुँदै आएका विषयहरु हुन . त्य...